कोरोनाबाट पर्सामा थप एकको मृत्यु

काठमाण्डौ । पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत रहेकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।  उनलाई ज्वरो तथा निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृत्यु हुनु अघि नै कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो भने शुक्रबार राति आएको रिपोर्टमा उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृतक महिलाको शव व्यवस्थापन गर्ने तयारी भएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *