नेपालमा बढ्दो कोरोना संक्रमित, कुल संख्या २० हजार नाघ्यो …

काठमाडौं । नेपालमा लकडाउन खुलेसँगै अहिले संक्रमित संख्या पनि बढी नै रहेको छ । संक्रमित बढ्ने क्रममा पछिल्लो २४ घण्टामा मात्र थप ३ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ भने ५६व् जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ३ लाख ८२ हजार ४ सय ९० जनाको पी सी आर विधिबाट परिक्षण गरिएको छ ।

अहिले नेपालमा कुल संक्रमित मध्य १४ हजार ४ सय ९२ जना निको भएर फर्किसकेका छन् भने ५ हजार ३ सय ३८ जना अझै पनि आइसोलेसनमा रहेका छन् । साथै विभिन्न स्थानमा गरेर अझै पनि ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *