आगामी केहि दिनको मौसम यस्तो …..

काठमाण्डौ । केहि दिन यता लगातार भैरहेको वर्षाका कारण देशका विभिन्न स्थानमा निकै ठुलो क्षती पुर्याएको छ । अब भने केही दिनसम्म लगातारको झरी भने नहुने मौसमविदले बताएका छन् । यद्यपि अहिले मुलुकभर नै मौसम बदली भैरहेको छ भने छोटो समयका लागि खण्डखण्डमा भने मध्यम तथा केहि भारी वर्षा हुन सक्ने बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ भने जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन भने विगतमा जस्तो लगातारको झरी नहुने तर पहिल्यै भएको झरीको क्षतिका कारण सानो वर्षाले पनि खतरा निम्त्याउन सक्ने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *