कोरोना सम्बन्धी डब्ल्यूएचओले जारी गर्यो यस्तो चेतावनी :

काठमाण्डौ । मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा स र्नमा अवरोध गर्ने हुँदा डब्ल्यूएचओले मास्कको प्रयोग अनिवार्य हुनुपर्ने बताएको छ । डब्ल्यूएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले समाचार संस्था रोएटर्स सँग कुरा गर्दै आफूहरूले सर्वसाधारणलाई ‘मेडिकल मास्क नभई कपडाको मास्क’ लगाउन सुझाएको बताएकी छिन्। उक्त संस्थाले मेडिकल मास्क बि रामी तथा बिरामीको हे *रचा* हमा खटिएकाहरुले मात्र प्रयोग गर्नुपर्ने बताउँदै आएको छ। “हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ,” कर्खोभले भनिन्।
यसका साथै डब्ल्यूएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्येको एक उपाय मात्र रहेको बताउँदै यसले मानिसहरूलाई ग लत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ। मास्क केबल संक्रमण फैलनबाट कम गर्ने एक विधी रहेको र पुर्णतय यसमा निर्भर नरहन बताइएको छ । “मास्क मात्रैको प्रयोग गर्नाले कोभिड-१९ बाट जोगाउँदैन,” डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रस एडहानोम गेहब्रेयससले भनेका छन्। यस विषयमा बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यानले भनेका छन् : डब्ल्यूएचको पछिल्लो सुझावले उक्त संस्थामा आएको ठूलै परिवर्तनको सङ्केत गर्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
महिनौँसम्म उसका विज्ञहरूले मास्कको प्रयोगले सर्वसाधारणले गलत ढङ्गबाट ढुक्क हुन सक्ने अनि त्यसले स्वास्थ्यकर्मीहरूका निम्ति आवश्यक मास्कको पनि अभाव हुन सक्ने बताउदै आएका थिए। ती तर्क अझैपनि विद्यमान नै रहेका भएपनि डब्ल्यूएचओले सङ्क्रमणको जोखिमबारे नयाँ प्रमाण पनि हेरिरहेको देखिन्छ।