तितेपातीका यति धेरै फाइदाहरु, यसरी प्रयोग गर्नुहोस् :

काठमाण्डौ । तितेपाती नेपालमा पाइने एक किसिमको जडीबुटी हो जुन मध्य पहाडमा पाइन्छ। यसको उपयोग जडिबुटीका रूपमा र सौदर्य प्रसाधनमा अत्तर निर्माणको लागि पनि प्रयोग गरिन्छ । तितेपातीका अनेकौँ फाइदाहरु रहेका छन् । यसको तेलबाट हाड दुखाइ, जिउ चिलाउने, उच्च रक्तचाप तथा ज्वरोको औषधि समेत बनाउन सकिने वनस्पति विज्ञहरूको दाबी रहेको छ । लुतो निको पार्न तथा कुनै किसिमको चोट लाग्दा पनि यसको पातलाई माडेर झोल निकाली प्रयोग गरेमा आ*राम दिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चर्मरोग र सुन्निएको ठाउँमा पनि तितेपातीको प्रयोग निकै उपयोगी मानिन्छ । यति मात्र नभई तितेपाती युरिक एसिड, एलर्जी, डिप्रेसन तथा निद्रासम्बन्धीका अन्य समस्या निराकरण गर्नका लागी पनि उपयोगी मानिन्छ । साथै यस वनस्पतिबाट अत्तर पनि बनाउन सकिन्छ । मधुमेहका बिरामीले तितेपातिको जरा कुटेर त्यसको पाउडर राति सुत्ने बेलामा पानीमा घो* लेर एक सातासम्म खाँदा निकै फाइदा गर्छ ।  यसको जराको पाउडर बनाई बिहान मनतातो पानीमा एक–एक चम्चा खाने गरेमा जुका र चुर्ना स्वतः हराउँने छन् । महिनावारीमा हुँने गडबडीको लागी पनि यो निकै नै उत्तम औषधी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *