१३ वर्षीया बालिकाको नक्कली आइडी बनाएर आफन्तलाई लज्जास्पद भिडियो पठाउने यी व्यक्ति

काठमाण्डौ । लज्जास्पद भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजना मानिसलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।   तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको नाममा फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई अनावश्यक भिडियो पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पक्राउ परेका मिश्र यस अघि पनि विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट एक लाख रुपैयाँ तिरेर धरौटीमा छुटेको ब्यूरोले जानकारी दिएको छ । मिश्रलाई हाल काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रवक्ता अर्यालले जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *