भारतपछि अब अमेरिकामा पनि टिकटक प्रतिबन्ध

काठमाण्डौ । भारतमा प्रतिबन्ध लगाइएपछि अब अमेरिकाले पनि चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टिकटकमा प्रतिबन्ध गर्न लागेको कुरा बताएका हुन् भने आज शनिबार नै एक साक्षात्कारमा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना रहेको बताएका छन् ।

अमेरिकाले पनि टिकटक एपले अमेरिकीहरुको व्यक्तिगत डेटा चोरी गरेर चीन सरकारलाई दिनसक्ने आरोप लगाएको छ । यस अघि नै भारतले लगाएको प्रतिबन्धका कारण टिकटकको कम्पनी बाइटडान्सलाई निकै ठूलो घाटा लागेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘जहाँसम्म टिकटकको कुरा छ, हामी यस्लाई संयुक्त राज्य अमेरिकाबाट प्रतिबन्ध लगाउँदैछौं । म शनिबार नै कागजातमा हस्ताक्षर गर्नेछु ’ ट्रम्पले पत्रकारहरूसँग भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *