धारिलो हतियारको प्रहारले श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

काठमाण्डौ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक दम्पतीमाथी आक्रमण भएको छ । आक्रमणमा परि ५५ वर्षीय बेलु खातीको हत्या भएको छ भने उनको श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएका छन् । उनीहरुमाथी गए राती एक अज्ञात समूहले धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गम्भीर घाइते भएका घनश्यामलाई अहिले उपचारका लागि धनगढी पठाइएको छ । प्रहरीका अनुसार उक्त घटना मध्यरातको समयमा खाती परिवारको घरमै भएको थियो भने हत्यामा संलग्न रहेकाहरूको अझैसम्म पहिचान भएको छैन । यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने घटनाको सोधपुछका लागी प्रहरीले खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *