तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारद्वारा पक्राउ

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई पक्राउ गरेका छन् । उपाध्यायलाई १ लाख २४ हजार ७ सय ५० रुपैयाँ नगद तथा फिक्स डिपोजिट र बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँ बराबरको रकमसहित आयोगद्वारा पक्राउ गरिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्रोत नखुलेको अस्वाभाविक रकमका साथ हिंडेको भन्ने सूचना पाएपछि सोहि सूचनाको आधारमा अख्तियारको टोलीले उपाध्यायलाई काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो भने उनी माथी अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *