आज इद पर्व, मस्जिद नगई घरमै बसेर नमाज पढ्न यस्तो अपिल

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । आजको दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरेर नाजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्ने गर्दछन् तर यसपाली भने कोरोना भाइरसको जोखिम फैलन सक्ने कारण धेरै रहेको हुँदा मुस्लिम आयोगले सबैलाई घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस अझैसम्म पनि नियन्त्रण नभएको र जोखिम कायम राखेको कारणले गर्दा आफ्नै घर तथा आवासमा बसेर इद मनाउन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आग्रह गरेका हुन् । इद संयमता, धैर्यता, विश्व शान्ति तथा भाइचाराको सन्देश दिने चाड भएको हुँदा विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन आयोगले अनुरोध गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना भाइरसको प्रकोपका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिक रुपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् भने इद उल अज्हाको नमाज पनि पाँच जना सम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *