नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठमा राष्ट्रपतिको यस्तो सन्देश :

काठमाण्डौ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६५ औँ वर्ष पुगेको छ भने यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदान प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाउँदै राष्ट्रपति सी , चीन सरकार तथा चिनिया जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छिन् । उक्त सन्देशमा भण्डारीले आगामी दिनमा नेपाल तथा चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेकी छिन् ।

उक्त सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण तथा त्यस समय दुई देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको सम्झना गर्दै चीनले हासिल गरेको विकास तथा समृद्धिको प्रशंसा गरेकी छिन् भने यसका साथै चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा राष्ट्रपती भण्डारीले सफलताको शुभकामना समेत दिएकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यति मात्र नभई चीनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति प्रदान गरेको सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका लागी धन्यवाद समेय्त दिकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *