शनिबार किन गरिन्छ शनिको पुजा? यति धेरै लाभ….

काठमाडौ । हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । हरेक हप्ता कुनै विशेष भगवानको पूजा गरिन्छ । त्यस्तै आज (शनिबार) शनिदेवको देष्टि नपरोस् भनेर शनिदेवको पूजा गर्ने चलन रहेको छ । शनि, अर्थात् न्याको देव, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो फल दिने देवता ।
धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनि दो’ष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन केहि कार्यहरु गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । शनिबार पात्रो अनुसार हप्ताको सातौं दिन पर्छ । यसको नामाकरण शनिग्रहको रूप मानिने शनि देवताको नामबाट गरिएको हो । हिन्दु धर्मको किवदंती अनुसार शनिबारकी माता कालीमाता हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि शनिबारको व्रत लिइन्छ। यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट पनि प्रारम्भ गर्न सकिन्छ तर पनि श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश रहेको छ। शनिबारका दिन हनुमान चालिसा पाठ गर्नाले शनिको सबै दोष समाप्त हुने मानिन्छ ।