विकास निर्माणका काममा समन्वय बढाउन उपप्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजना र सरकारका सबै कार्यक्रमको कार्यान्वयन गर्नका लागी अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउन मन्त्रालय र मातहतका अङ्गलाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालय अन्तर्गत बसेको आर्थिक वर्ष २०७६/७७ साल को तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पोखरेलले सरकारको हरेक कामलाई सबै मन्त्रालय र निकायले सम्बन्धित विषयका रुपमा लिन आग्रह गर्नुभएको छ ।

उक्त बैठकमा सहभागी रहेका अन्य मन्त्रालय र निकायका प्रतिनिधिलाई सोही भावनाका साथ कार्यक्षेत्रमा औपचारिकता नभई परिणामका लागी एकीकृत समन्वय गर्न उहाँले आग्रह गर्नुभएको थियो । सो बैठकमा केहि मन्त्रालयका प्रतिनिधी उपस्थित नभएको विषयमा समेत उपप्रधानमन्त्री पोखरेलले गम्भीर चासो व्यक्त गर्दै रक्षा मन्त्रालयका सम्बन्धित कर्मचारीलाई ध्यानाकर्षण गराउनुभयो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त बैठकमा नेपाली सेनाबाट निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गको निर्माण कार्यमा रुख कटान, खोकनाको जग्गा विवाद, परामर्शदाता छनोट लगायातका विषयमा उत्पन्न भएका विभिन्न समस्या र अन्य निकायको समन्वयका सवालहरु समेत उठेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *