बढ्दो संक्रमणबीच पुन: लकडाउनको घोषणा

काठमाडौं । प्रत्यक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बारा जिल्लामा यहि आईतबार देखि लागु हुने गरि निशेधाज्ञा जारी गरिएको छ । शुक्रबार बसेको सुरक्षा समितीको बैठकले साउन १८ गते बिहान ५ बजे देखि अनिश्चितकालीन रुपमा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बारा जिल्लामा अहिले दैनिक रुपमा कोरोना संक्रमितहरुको सङख्या बढ्दै गएको छ भने यसलाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय लिइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

निशेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय बैठकले गरेको छ । यसका साथै अत्यावश्यक सेवाका लागी प्रयोग हुने सवारी साधनहरु बाहेक मोटरसाईकल देखि चार पाङग्रे सवारीमा समेत पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *