२४ घन्टामा २२४ जनामा कोरोना संक्रमण

काठमाडौँ ।
मुलुकभर नै थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार, “गएको २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको” शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
२४ घन्टामा १५१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् , सँगै अहिले सम्म १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.८ प्रतिशत (%) संक्रमित निको भएको पनि जानकारी पर्प्ता भएका छौ।