कालीकोटमा पहिरोमा परी एकजनाको मृत्यु, दुई घाइते

काठमाण्डौ । नेपालमा केहि दिन यता भइरहेको लगातार वर्षाका कारण जनधनको निकै ठुलो भैरहेको छ ।  बाढी तथा पहिरोका कारण धेरैको ज्यान गइसकेको छ भने धेरै मानिस अझै जोखिममा रहेका छन् ।त्यस्तै गरि विभिन्न स्थानमा सडकहरु समेत अवरुद्ध भइरहेका छन् । यस्तै कालीकोटको पलाता गाउँपालिकामा आएको पहिरोमा परि एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन ।

शुक्रबार बिहान ८ बजे कुलो मर्मत गर्ने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा गाउँपालिकाको वडानम्बर-८, दाम्रीका २४ वर्षीय कमल रोकाय रहेका छन् । रोकायको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै सोही पहिरोमा परी अन्य दुईजना पनि घाइते भएका छन । घाइते हुनेमा पलाता-८, दाम्रीकै ६० वर्षीय पूर्ण रोकाय तथा २६ वर्षीया नैना रोकाय रहेका छन् भने उनीहरुको अहिले उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *