प्रहरी प्रधान कार्यालयमा बढ्दो कोरोनाको प्रकोप, २५० जना प्रहरी अधिकारीहरु संक्रमित

काठमाडौं । केहि दिन अघि प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुको कन्ट्याक ट्रेसिङबाट थप अन्य प्रहरी अधिकारीको स्वाब समेत संकलन गरिएको थियो भने अहिले  प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत रहेका अन्यमा पनि संक्रमण पुष्टि भएको छ । पछिल्लो जानकारी अनुसार नक्सालमा कार्यरत अन्य थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सवारी तथा सञ्चार शाखामा कार्यरत रहेका प्रहरीमा संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको खुल्न आएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बिहीबार साँझ देखि शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको छ भने यससँगै हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ र देशभर कुल २ सय ५० जना प्रहरी अधिकारीहरु कोरोना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *