साइकल चोरेरै यी युवकले भक्तपुरमा बनाए तीन तले घर

काठमाण्डौ । सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश अहिले साइकल चोरीको अभियोगमा पक्राउ परेका छन् । अन्य चोत्रहरुको तुलनामा सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका भने केहि असामान्य नै रहेको छ । कोरोना माहामरिका कारण जब देशव्यापी लक्डाउनको घोषणा गरियो त्यस लगत्तै काठमाडौँ तथा भक्तपुरमा साइकल चोरीको केस ह्वात्तै बढ्यो ।

अपराध महाशाखाको चोरी नियन्त्रण गर्ने शाखाका अनुसन्धान अधिकारीहरु साइकल चोर पत्ता लगाउन लागि परे र त्यसै क्रममा उनीहरु चोरी भएका ठाउँका सिसीटिभी फुटेज जम्मा पारेर विश्लेषण गर्न तर्फ लागे । सिसीटिभी फुटेजका आधारमा चोरको हुलिया पहिचान गरेर महाशाखाबाट खटिएको विशेष टोलीले थापागाउँबाट सुरेशलाई साइकल चोरीको आरोपमा पक्राउ गर्यो । उनलाई प्रहरीले चोरीको साइकलमा घुमिरहेको बेला नै नियन्त्रणमा लिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साइकल चोरीको आरोपमा पक्राउ परेका ४४ वर्षीय सुरेश भक्तपुरमा बस्छन् भने भक्तपुरको च्याम्हासिंहमा उनको आफ्नै तिन तल्लाको घर रहेको छ । लामो समयदेखि काठमाडौँ उपत्यकामा साइकल चोरीमा संग्लग्न रहेका सुरेशले चोरेकै पैसाबाट घर बनाएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *