सुशान्तबारे उनकी पूर्व प्रेमिका अंकिताले गरिन् यस्ता खुलासा

काठमाण्डौ । सुशान्त सिंह राजपूतको मृत्यु बारे उनी सँग ७ वर्षसम्म सम्बन्धमा रहेकी अंकिता लोखंडेले मौनता तोडेकी छिन् । अंकिताले भनिन्, ‘सुशान्त आत्महत्या गर्ने व्यक्ति थिएनन् । हामी सँगै हुँदा धेरै पटक खराब स्थितीको सामना गरेका थियौं । ऊ प्रफुल्लित र भाग्यमानी थियो । मैले उजस्तो केटा कहिल्यै देखेको छैन । उ सानो सानो कुरामा खुसि हुन्थ्यो । उसँग एउटा डायरी थियो, जसमा उसको पाँच वर्षको सपना लेखिएको थियो र उसले आफ्ना ती सपना पूरा पनि गर्यो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उसलाई डिप्रेशनको रोगी भनिएको छ, यसले मेरो मन दुखाएको छ ।’ उनले सुशान्त कहिल्यै दिप्रेश्ड हुन नसक्ने बताइन् । सुशान्तलाई सबैले डिप्रेसनको सिकार भएको भनेर भनिरहँदा उनलाई निकै नराम्रो लागेको बताउंदै उनी सुशान्त एक हिरोको रुपमा चिनिनुपरने बताउँछिन् । सुशान्तले कहिल्यै यस्तो कदम चाल्न नसक्ने उनी बताउँछिन् ।उनका अनुसार सुशान्त निकै सानो कुरामा रमौटने गर्दथे भने बलिउडमा केहि नभएको खण्डमा उनी आँफैले केहि गरेर देखाउने लक्ष बोकेका थिए । सुशान्त दुखी जरुर हुन सक्थे तर उनी कहिल्यै डिप्रेसनमा जान सक्दैनन्, उनले भनिन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *