रङ्गेहात पक्राउ परेका चार प्रहरीलाई यस्तो कारवाही

काठमाडौं । सेवाग्राहीसँग घुस लिदै गर्दाको अवस्थामा चारजना प्रहरी रङ्गेहात पक्राउ परेका छन् । यसअघि पनि सेवाग्राहीसँग १२ हजार रुपैयाँको घुस लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो । पक्राउ परेपछि प्रहरी आचरण र अनुशासन विपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित अन्य तीन प्रहरीलाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत रहेका प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो तथा ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सवारी चालकसँग घुस लिइरहेको अवस्थामा प्रहरीको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ भने प्रहरीको कामलाई पारदर्र्शी तथा अनुशासित बनाउनका लागी अब विशेष अभियान शुरु गरिएको उक्त कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *