ओलीलाई प्रचण्डले गरे यस्तो प्रश्न :

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । यहि मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेदिएका थिए भने त्यसपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेर यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।

यसका  साथै पार्टीको एकता, विधि तथा परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठकलाई सुचारु गर्ने जिम्मा समय प्रचण्डलाई दिएको थियो भने अझै पनि यी दुई अध्यक्षबीच सम्वाद भएको छैन । स्रोतले जनाए अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्छ’ प्रचण्डले महासचिव पौडेललाई भनेको थिए, ‘त्यस अनुसार भेटघाट र छलफलका लागि समय मिलाउनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *