साढे तीन लाखमै बन्छ नेपालमा यस्तो आकर्षक घर

काठमाण्डौ । सस्तो तथा राम्रो घर निर्माण गर्न चाहानुहुन्छ ? यदि चाहनुहुन्छ भने यो तपाइको निकै सुनौलो अवसर हुन सक्छ किन भने कोरियाली कम्पनि प्यानलले अहिले आफ्नो उत्पादन शुरु गरेको छ । यस कम्पनीले फेब्रिकेटेड भवन निर्माण सम्बन्धिका सामान उत्पादन गर्ने गर्दछ भने यसले सबैको घरको सपना पुरा गर्न सक्छ। एउटा सामान्य कारको मुल्य बराबरमा नै एक साढे २ तला सम्मको घर निर्माण हुन्छ । कम्पनीले नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन गर्न शुरु गरेका छन् ।

यसै हप्तादेखि कम्पनीले आफ्नो उत्पादन शुरु गरेको हो । यस कम्पनिद्वारा उत्पादन हुने छाना तथा वालहरु गर्मि बढी हुने क्षेत्रका लागि बरदान साबित हुने जनाइएको छ ।  उक्त छानाले ८ देखि १० डीग्रीसम्मको तापक्रम रोक्न सहयोग गर्छ भने यो प्रविधिले तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने बताइएको छ । कम्पनीले अब बिभिन्न रंगको दुई देखि ६ इन्चीसम्मको बाक्लो छाना तथा वालहरु उत्पादन गरिने जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शतप्रतिशत कोरियन प्रबिधि तथा लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु सस्तो तथा टिकाउ हुने जनाइएको छ । यस कम्पनीका उत्पादनहरु ६० बर्ष टिकाउ हुने जनाइएको छ । साथै यी उत्पादनहरु भुकम्प प्रतिरोधी रहेको बताइएको छ । कूल ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *