राती अबेर सुत्नु यति ख’तरनाक, आजै हटाउनुहोस् यस्तो बानी

काठमाण्डौ । ढिलो सुत्ने ढिलो उठ्ने गर्दा हाम्रो दैनिकी मात्र नभएर स्वास्थ्यमा पनि फरक पर्ने गर्दछ । जसरी हाम्रो सुत्ने तालिका गडबड हुन्छ, त्यससँगै हाम्रो स्वास्थ्य पनि गडबड हुन्छ ।  राती अबेरसम्म बस्ने र बिहानभर सुत्ने बानीले मधुमेहको जोखिम बढाइदिन्छ । यसरि सुत्ने तालिकामा गडबडी भएपछी टाइप २ मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग लग्ने संभावना अधिक हुन्छ ।

चिकित्सकका अनुसार राती ढिलो सुत्ने व्यक्तिमा गलत खानपानको बानी बस्छ जसले गर्दा मोटोपन र मुटु रोगको समेत समस्या निम्त्याउँछ । विहान अवेरसम्म सुत्नुको असर सिधै दिमाग तथा हर्मोनमा समेत पर्ने गर्छ । यसले मानिसमा चिन्ता र दुःखको भाव पैदा गराउँछ भने यस बानीले गर्दा उनीहरुमा छटपटी र बेचैनी समेत पैदा हुन्छ । राती अबेरसम्म बस्ने र बिहान ढिलो उठ्ने बानीले खानपान शैलीमा समेत निकै नराम्ररी प्रभाव पार्दछ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साधारण अवस्थामा खाना खाने समय कटिसकेको हुन्छ भने एकपटक भोक हराएपछि खाने समय नै बिग्रन थाल्छ  यसरी शरीरको आवश्यक्ता अनुरुप खानपान तालिका मिल्दैन । यसले गर्दा खानपिनमा गडबडी हुन्छ र त्यसले शारीरिक कमजोरी र रोग निम्त्याउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *