सावधान, उपरखुट्टी लगाएर बस्दा हुन्छ यति घातक

काठमाण्डौ । अधिकांश चिकित्सकले भने उपरखुट्टी लगाएर बस्दा त्यसले रक्त प्रवाहमा नराम्ररी असर पु¥याउँछ भनेर भन्न गरेका छन् । उपरखुट्टी लगाएर बस्दा हामीलाई ब्धेरै कुरामा यसले हानी पुर्याइरहेको हुन्छ । त्यसैले यसरी एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर नबस्न नै सुझाइन्छ । लामो समयसम्म उपरखुट्टी लगाएर बस्दा यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भन्ने गरिन्छ। यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरुमा असर पर्छ र औलाहरु ठिक ढंगले उठाउन सकिदैन भने दैनिक केही समय यही अवस्थामा बस्दा व्यक्तिको नशा नष्ट हुनसक्दछ ।

यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ । उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ जसकारण खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उपरखुट्टी लगाएर बस्दा रक्तचापको मात्र होइन मानिसहरुका रक्त सञ्चार पनि गडबड हुन्छ । जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप स्वत बढ्ने हुँदा यस्तो अवस्थामा रक्तचाप जाँच गरिदैन । एउटा खुट्टामाथि अर्को खुट्टा राख्दा दुबै खुट्टको रक्तसञ्चार सहीरुपले नहुने हुँदा खुट्टा झन्झनाउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *