यसरी थाहा पाउनुहोस् शरिरमा भिटामिन ‘डी’ को कमी…

काठमाडौ । भिटामिन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । स्वास्थ दाँत,हाड र मसल्सका लागि भिटामिन ‘डी’ अति आवश्यक हुन्छ। भिटामिन ‘डी’ को कमीले शरीरमा क्याल्सियमको शोषण कम हुने गर्दछ जसकारण विभिन्न शारीरकि समस्या आइपर्न सक्छन्। भिटामिन डी मानिस शरीरको लागि निकै महत्वपुर्ण हुँदाहुँदै पनि भिटामिन डीको परिपूर्ति चौर्तफी वेवास्ता गरिदै आएको पाइन्छ । विश्वभरका १० अर्ब भन्दा बढी जनसङ्ख्या भिटामिन डीको कमीको शिकार भएका छन्।
शरिरमा भिटामिन डी को कमि भएको कसरि थाहा पाउने त? भिटामिन डी कमीको पहिलो लक्षण थकान हो। शरीरमा भिटामिन डी को कमि हुँदा निकै थकान महसुस हुने गर्दछ । यदि शरिरमा भिटामिन डी को कमि भयो भने त्यसले क्याल्सियमको मात्रामा पनि कमि ल्याउछ र हाडजोर्नी तथा शरिरको अन्य हिस्सा दुख्ने गर्दछ। यदि चोट पश्चातको घाउ निको हुन धेरै समय लाग्यो अथवा सानोतिनो घाउ पनि निकै ढिलोसम्म पनि निको भएन भने त्यो पनि भिटामिन डीको कमीले हुन सक्दछ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
भिटामिन डीले शारिरक मात्र नभएर मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ। शरिरमा भिटामिन डी को कमीले मानिसको व्यवहारमा पनि परिवर्तन आउन थाल्छ । भिटामिन डी ले कपालको जरा मजबुत राख्न मद्दत गर्दछ। तसर्थ भिटामिन डी को कमि हुनाले कपालको स्वास्थमा कमी आउछ र जरा कम्जोर भएका कारण कपाल झर्छ।