किन गरिन्छ शिवलिं’गको पूजा ?

काठमाण्डौ । शिवलिं’ग भगवान शिवको प्रतीक हो ! शिवालिं’गले निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व गर्दछ ! ‘शिव’ को अर्थ हो – ‘कल्याणकारी’ र ‘लिं’ग’ को अर्थ हो – ‘सृजनता ‘ ! शिवलिं’ग जल, दूध, बेलपत्रले पूजिन्छ ! लिं’ग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन ! भगवानको तीन रूपहरू मध्येका एक शिवलाई वि’नाशकर्ताका रूपमा चिनिन्छ। शिवलिं’गको वेदी महादेवी स्वरुप हुन् र लिं’ग स्वयम् महादेव ! शिवलाई प्रायः जसो शिवलि’ङ्गको रूपमा पूजा गर्ने गरिन्छ ।

भगवान सूर्य, गणपति, देवी, रुद्र र विष्णुलाई शिव पञ्चायत भनिने गरिन्छ । तयस्तै बाण, रावण, चन्ड, नन्दी, भृंगी आदि शिवको पार्षद हुन् । शिवलिं’गको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरे सरह मानिने मान्यता रहेको छ । शिवलिं’गले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ भने लिं’गको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शिवलिं’गमा जल अर्पण गर्नुको अर्थ  प्राणको सुरक्ष्या  हो! शिवलिं’गमा जलको अभिषेक गर्नाले परम तत्वमा प्राण विसर्जन गरेको मानिन्छ ! रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो भने वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो । वेद शिवको अंश भएका कारण वेद: शिव: शिवो वेद: पनि भन्ने गरिन्छ ! अर्थात् वेदनै शिव हो र शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो भनेर धर्मशास्त्रमा उल्लेख गरिको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *