हिन्दू धर्ममा किन पुजिन्छन् यति धेरै देवीदेवता ? को हुन् भगवान ?

काठमाण्डौ । सनातन वैदिक संस्कृति संसारको एक मात्र सबैभन्दा प्राचीन संस्कृति हो जसलाई आज हिन्दू धर्म समेत भन्ने गरिएको छ । हिन्दू संस्कृति एक मात्र यस्तो सनातन संस्कृति हो जुन रिलिजन नभई एक जीवन जिउने कला हो । हिन्दु धर्ममा जन्मदेखि लिएर मृ’त्यु र त्यो भन्दा पनि माथि मृ’त्यु पश्चातको १६ सं’स्कार इत्यादि सम्म गर्नुपर्ने कामहरु निर्देशित गरिएको छ। आजको नयाँ धर्महरु कुनैपनि व्यक्ति बिशेषको नामबाट चलेको पाइन्छ भने ती व्यक्तिहरुको आदि र अ’न्त समेत भएको छ। तर सनातन संस्कृति र हिन्दू धर्मको न त कुनै सुरुवातको मिति छ, न त यसको अ’न्तको मिति नै तय गर्न सकिन्छ।
यो धर्म सीधा ब्रह्माको सृष्टि, विष्णुको स्थिति र शिवको संहारद्वारा चलिआएको छ।भगवान विष्णुलाई पुराण पुरुष समेत भन्ने गरिएकाले यस धर्म विष्णुद्वारा चलिआएको समेत भन्ने गरिन्छ। सनातन संस्कृतिमा समेत भगवान केवल एक रहेको र उनले अनेक रूप लिएका छन् जुन भगवान हुन् भनेर भनिएको छ। बाँकी सबै देवी देवता हुन् जो सृष्टिको कार्यमा सहायक रहेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
भगवान अजन्मा, अवि’नाशी र अ’नन्त छन् जसको कहिलै पनि ना’श हुँदैन, जबकि सारा देवी देवताको एक दिन अ’न्त हुन्छ। भगवान् श्री राम( श्री कृष्ण) को जन्म साधारण मानवको रुपमा नभई विशेष मानिसको रुपमा भएको थियो।त्यसैले धेरै कम मानिसहरुले मात्रै हिन्दू अज्ञानता बस भगवान् श्री राम( कृष्ण)लाई समेत जन्म र मृ’त्यु भोग गर्ने पात्रको रुपमा व्याख्या गर्ने गरेका छन्। भगवानको कहिलै पनि जन्म हुँदैन, यो नै भगवानको दिव्य लीला हो।