ओडिआई सुपर लिग सुरु, पहिलो खेलमा इंग्ल्याण्ड विजयी

काठमाडौं । सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकप को छनोटको रुपमा रहेको आइसीसी ओडिआई सुपर लिग अहिले सुरु भएको छ । कोरोना महामारी कम भएसंगै अहिले उचित सावधानीका साथ लिग सुरु भएको हो । इंग्ल्याण्ड र आयरल्याण्ड बीचको तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेल हिजो बिहीवार भएको हो भने साउथह्याम्पटनमा भएको खेल घरेलु टोली इग्ल्याण्डले ६ विकेटले जितेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्यलाई जित्दै इंग्ल्यान्डले विजय हासिल गरेको हो । इंग्ल्याण्डले २७.५ ओभर खेल्दै ४ विकेट गुमाएर खेल पूरा गरेको हो । दोस्रो ओडिआई अब यहि शनिवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *