विदेशमा अलपत्र नेपालीलाई स्वदेश फ़र्काइदै :

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागी आजदेखि चौथो चरणको उद्धार उडान सुरु भएको छ । विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउनका लागी आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने जनाइएको छ।
नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) तथा हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न मुलुकका एयरलाइन्सको उडान तालिका समेत बनिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्स तथा हिमालय दुवैले सो अवधिसम्म कुल १८- १८ वटा उडान गर्नेछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
नेपाल एयरलाइन्सले युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान गर्ने तथा हिमालयले चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाइएको छ । यस्तै गरि नेपालीको उद्धारका लागी विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्नेछन् । जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी त्यहाँ फसेका नेपालीलाई नेपाल फर्काउनेछन् ।