बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

काठमाडौं । चितवनमा बसको ठक्करबाट एकजना प्रहरीको मृत्यु भएको छ । बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनलाई पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा उन सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बा३ख १५४७ नंको बसले ठक्कर दिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत हबल्दार थापा कार्यालय जाने क्रममा बसले विहीबार साँझ ठक्कर दिएको थियो भने ठक्करबात  गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएको थियो । थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस तथा बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *