आज शुक्रबार यसरी रिझाउनुहोस् धनकी देवी लक्ष्मीलाई, हुन्छ धनको वर्षा

काठमाण्डौ । शुक्रबारको दिन माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्ने मान्यता रहेको छ भने यसो गर्दा निकै राम्रो हुने भनेर धर्म ग्रन्थमा समेत उल्लेख गरेको पाइन्छ  । लक्ष्मी माता धनको देवी हुन् । उनको मनिदेखी सत्कार गर्दा धनमा लाभ हुनेछ । उनि धनकी देवी भएका कारण शुक्रबारको दिन विधी पुर्याएर उनको पुजा गर्दा जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु निकै उत्तम हुनेछ भने व्रतमा अमिलो खानु ठूलो त्रुटी मानिन्छ ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार मानिने अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गर्ने प्रथा छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । शुक्रबारको दिन सेतो कपडा लगाउनु पर्छ, सेतो कपडा लगाउँदा निकै फलिफाती हुने मान्यता रहेको छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्ने भनेर विश्वास गरिन्छ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दान गर्नाले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ भने शुक्रसँग सम्बन्धित रत्नको दान गर्दा  पनि निकै लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *