सेमेस्टर प्रणालीको परीक्षासम्बन्धी त्रिविको यस्तो तयारी ..

काठमाडौं । कोरोना महामारी फैलिएसँगै नेपाल चैत्र ११ गतेदेखी लकडाउनको अवस्थामा गएको थियो भने यससँगै विभिन्न तहका सबै परिक्षाहरु पनि स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण स्थगित भएका सबै तहका परीक्षा यही भदौ महिनाको तेस्रो हप्ताबाट सुरु गर्ने तयारी थालेको छ ।
स्नातकोत्तर तह तथा स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ताबात सुरु गरिने तथा वार्षिक परीक्षा भने असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी अगाडी बढाईएको विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्रिविका अनुसार अब उक्त परीक्षाका लागि चाँडै नै कार्यतालिका पनि प्रकाशन गर्ने तयारी भइरहेको छ ।