पहिरोमा परि एक बालिकाको मृत्यु, एक बेपत्ता

काठमाण्डौ । कालीकोटको महावै गाउँपालिकामा गएको पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् । बुधबार दिउँसो आएको पहिरोमा तुलबहादुर महतराको घर पुरिँदा सात वर्षीय संगीता भण्डारीको मृत्यु भएको हो भने १२ वर्षीय गणेश महतरा घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

एसएसपी बास्तोलाका अनुसार तुलबहादुरको घरको आगनमा ६ जना बालबालिका खेलिरहेका थिए भने उक्त समयमा एक्कासी पहिरो आउँदा एक जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका हुन् र अन्य चार जना भने गम्भीर घाइते भएका छन । घाइतेहरुको भने अहिले ओदा फाउण्डेशनमा उपचार भइरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ भने स्थानीयको सहयोगमा बेपत्ता भएका बालकको खोजीकार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *