कक्षा ११ को वार्षिक परीक्षाबारे यस्तो अपडेट…

काठमाण्डौ । कोरोना भाइरसको महामारी फ़ैलिएसँगै गरिएको लकडाउनका कारण सबै परिक्षाहरु स्थगित भएका थिए । अन्य परिक्षा अब भदौमा गरिने तयारी रहेपनि कक्षा ११ को परीक्षा भने आउँदो माघ महिना भन्दा अगाडि नै लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी गरिएको कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नु अगाडी नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अबदेखि सम्बन्धित विद्यालय नै सञ्चालन, व्यवस्थापन तथा प्रमाणीकरण गर्ने निर्णय गरेको थियो भने आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यो परीक्षाको संपरीक्षण भने बोर्डले नै गर्नेछ । ‘बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भर्नुपर्छ, त्यो भन्दा पहिला नै विद्यालयहरूले कक्षा ११ को परीक्षा लिइसक्नुपर्छ’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।