नेपालले पाएन ‘फुच्चे स्याटेलाइट’ को उपयोग गर्न..

काठमाण्डौ । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न सुरु गरेको एक वर्ष कटिसकेको छ । तर यो एक वर्षसम्मको समयमा पनि नेपालले उक्त स्याटेलाइटबाट नेपालले कुनै किसिमको लाभ लिन सकेको छैन ।
नेपालको स्याटेलाइट ग्राउन्ड स्टेसनमा पर्याप्त पूर्वाधार नहुनुका कारणले गर्दा यो स्याटेलाइट सुरुमा चर्चा गरिएजस्तो उपयोगी हुन नसकेको विज्ञहरुले बताएका छन् । यस स्याटेलाइटको कमान्डिङका लागि खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) मा ग्राउन्ड स्टेसन तयार गरिएको भएपनि अझै पनि नेपालबाट यो स्याटेलाइटलाई कमान्ड दिन नसकिएको नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल बताउँछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सुरुमा पृथ्वीबाट ४२० किलोमिटर माथि छोडिएको ‘नेपालीस्याट–१’ अहिले ३२० किलोमिटरमा आईपुगेको छ भने पथ्वीबाट करिब सय किलोमिटरको दुरीमा तल आएपछि यो स्याटेलाइट आफैं नष्ट हुन्छ । उक्त स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के (स्पेश इन्जिनियरिङमा पीएचडी) र हरिराम श्रेष्ठ (स्नातकोत्तर) को समन्वयमा तयार भएको थियो भने यसलाई २०७६ वैशाख ५ राति २ बजेर ३१ मिनेटमा अमेरिकाबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।