सर्वच्च अदालतले जारी गर्यो नयाँ कार्ययोजना

काठमाण्डौ । विशेष अदालतले देशव्यापी लकडाउन खुलेसँगै सेवा प्रवाहलाई व्यवस्थित गर्नका लागी नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने सम्पूर्ण नियमहरुलाई समेटेर नयाँ कार्ययोजना जारी गरेको हो ।

सर्वोच्च अदालतको फैसला अनुसार कोरोना जोखिम न्यूनीकरणका लागी आन्तरिक कार्ययोजनाको निर्माण गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताएका छन् । पाण्डेयका अनुसार अदालतले कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी तथा सेवाग्राहीको ज्वरो मापन अनिवार्य गरेको छ भने अदालत प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागु गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै अदालत प्रवेश गर्ने हरेक व्यक्तिको अभिलेख राख्ने उक्त कार्ययोजनामा उल्लेख गरिएको छ । स्वास्थ्य सम्बन्धी हरेक मापदण्ड पालना गराउने जिम्मेवारी भने सुरक्षाकर्मीलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *