बाढीका कारण कैलालीका सयौँ घर डुबानमा :

काठमाण्डौ । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलाली जिल्लाको पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । कैलालीको विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेका कारण सयौँ घर डुबानमा परेका छन् भने चार जना मानिस बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका हुन् । बेपत्ता हुने हरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बुधबार साँझसम्म बाढीका कारण जिल्लाभरका सात सय भन्दा बढी घर प्रभावित भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । प्रभावित घरपरिवारलाई अहिले नजिकैको विद्यालय तथा सामुदायिक भवनमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *