यस्तो छ आजको मौसम :

काठमाण्डौ । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ भने यसका साथै,  नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको पनि बताइएको छ । आज दिउँसो भने देशभर नै सामान्य बदली रही विभिन्न स्थानहरुमा हल्का देखि लिएर मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यस्तै गरि,  प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशहरूका केहि स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशको एक दुइ स्थानमा समेत भारी वर्षा हुनसक्ने उक्त पूर्वानुमानमा उल्लेख गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बिहिबार राति भने देशभर नै सामान्य बदली रही देशका विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश तथा प्रदेश १ का केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *