नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सिपिएल खेल्न ट्रिनिडाड एन्ड टोबागो उड्दै..

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्नका लागी आज नै ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । उनका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो जान लागेका हुन् । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् भने टोबागो पुगिसकेपछि पनि उनी १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट क लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्धित भइसकेका छन् । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेको भए पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् भने सन्दीपले यसअघि पनि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आउँदो भदौ २ गते देखि भदौ २५ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *