नेपालमा कोरोनाका कारण एकै दिन ३ जनाको मृत्यु

काठमाडौँ । चैत्र ११ गतेदेखि गरिएको लकडाउन साउन ७ गतीदेखी खुलेको छ भने लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । यसै क्रममा बुधबार मात्रै पनि नेपालमा तिन जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने यससँगै कोरोना संक्रमणबाट मुत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।

सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिकाका एक ४५ वर्षीय पुरुषलाई बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएको थियो भने उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पौने ५ बजे मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पताल आएका उनको स्वाब संकलन गरेर कोशी अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको थियो भने बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो । यसका साथै बुधबार विहान कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६० र ६८ वर्षीय पुरुषहरु रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *