अधुवा चिया खाएर यी रोगबाट छुटकारा पाउनुहोस् :

काठमाण्डौ । अदुवा स्वास्थ्यको लागी निकै राम्रो मानिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमताको वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवाको सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ। यसले रोगसँग लड्ने क्षमताको वृद्धि गराउँछ भने शरिरलाई निकै बलियो बनाउँछ। अदुवामा भिटामिन र खनिज एवं एमिनो एसिड पाईन्छ जसले रक्त सञ्चारलाई राम्रो पार्न मद्दत गर्छ ।

साथै यसले विभिन्न रोगको खतराबाट पनि बचाउँछ । अदुवा चिया पिउनाले हृदयघात देखि लिएर अन्य मुटु सम्बन्धी समस्या समेत कम हुने गर्दछ। अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्याको पनि समाधान गरिदिन्छ । साथै अदुवाको चिया बनाएर त्यसलाई तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्दछ। अदुवाले पाचन प्रणालीका क्रियाहरुलाई सहज तुल्याउँछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यदि तपाईले अधिक खानेकुरा खानुभएको छ भने पनि एक कप अदुवा भएको चिया खानु निकै उपयुक्त हुन्छ । मांसपेसी तथा जोर्नीको दुखाइमा पनि अदुवाको सेवन निकै लाभदायी मानिन्छ। अदुवा हालेको चिया सेवन गर्नाले दिकदारी र तनाव कम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *