आँपका यति धेरै फाइदाहरु…

काठमाण्डौ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लो प* दार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । आँपमा एन्टि अक्सिडेन्टयुक्त हुन्छ, जसले स्त*न क्या* न्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।
आँपमा फाइबर र भिटामिन सि हुने हुँदा यसले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ र यसले गर्दा कोलेस्टेरोल को मात्रा घट्छ। आँपमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउँछ । आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र उच्च मात्रामा भिटामिन सि पनि हुने हुनाले यसले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
आँपमा उल्लेखीय मात्रामा फाइबर हुने हुँदा यसले पाचन शक्तिलाई पनि राम्रो बनाउछ । आँँपमा भएको फोलेट र फोलिक एसिडले प्रजनन क्षमता बढाउन मद्दत गर्छ। आँप हाम्रो छालाका लागि पनि निकै राम्रो हुन्छ । यसले छालामा भएका काला धब्बा तथा दागलाई हटाउछ र अनुहारमा प्राकृतिक चमक ल्याउछ।