बिहीबार पूजिने दुर्गा भगवतीको अंश बंगलामुखीको अपरम महिमा।

काठमाण्डौ । हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। बिहिबार विशेषतः दुर्गा भगवतीको अंश मानिने बंगलामुखीको पूजाआजा गर्ने गरिन्छ । बंगलामुखीलाई हरेक मनोकामना पुरा गर्ने अर्थात मानिसले इच्छाएको पुरा गर्ने देवीका रुपमा पुजिने गरिन्छ ।
बंगलामुखीलाई दुर्गा भगवतीको एउटा महत्वपूर्ण अंशका रुपमा पुजा गरिन्छ ।बंगलामुखी माताको दर्शन गर्नाले मनमा शान्ति तथा शितलता बढ्नुका साथै सधै प्रगतिको बाटोमा मार्ग निर्देश गर्न बाटो प्रशस्त हुन्छ भन्ने धार्मिक बिश्वास रहि आएको छ । बंगलामुखी देवीले महिमासंग रोजगारी दिलाउनेदेखि सन्तान प्राप्ती तथा दुःख दरिद्र हरण गरी सुख समृद्धि बृद्धि गर्न सकिन्छिं भन्ने सम्म मान्यता रही आएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । बंगलामुखी मन्दिर परिसरमा ठूला ठूला ऐतीहासीक ढुंगे धारा रहेका छन् । वि.स.१८५८ मा पहिलो पटक निर्माण गरिएको यो मन्दिरको वि.स. १९८८ मा तत्कालीन प्रधानमन्त्री भीमशमशेर जंगबहादुर राणाले भित्रपट्टी चाँदीको मन्दिर निर्माण गरेका हुन् ।
बगंला नामक राक्षसीले मानिसलाई नियमीत दुख दिई सताउन थालेपछि स्थानिय बासिन्दाले बगंलामुखी देवीको स्तुति गरेको र स्थानीयको स्तुतिपछि बगंलामुखी उत्पत्ति भई राक्षसलाई मारेको धार्मिक विश्वास छ । त्यसैले दुःख परेको समयमा बगंलामुखी देवीको भक्रिपूर्वक पुजा गरेमा मनको इच्छा पुरा हुने, मुद्दामामिलामा सफल भइने र शत्रु नास हुने विश्वास रहेको छ । हरेक बिहीबारको दिन यस बंगलामुखी मन्दिरमा विशेष पूजा गर्नाले निकै फलिफाल मिल्ने मानिन्छ ।