बिहिबार झुक्किएर पनि नगर्नुहोस् यी कार्य :

बिहिबार । नेपाली पात्रो वा विक्रम सम्बत् (वि.सं) को पात्रो अनुसार बिहीबार हप्ताको पाँचौं दिन हो। यसलाई गुरूबार वा बृहस्पतिबार पनि भन्ने गरिन्छ। यसको नामाकरण ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्रहको नाम बाट भएको हो । बिहिबार के नगर्ने ?
कपाल नुहाउनु हुदैन
शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने कुरा पनि उल्लेख गरिएको छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।
रौं काट्नु हुँदैन
बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने मान्यता रहेको छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
नङ काट्ने गर्नु हुदैन
धर्मशास्त्र अनुसार बिहिबारको दिन नङ काट्नु पनि अशुभ मानिन्छ । बिहिबार नङ काट्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख गरिएको छ ।
भारी कपडा धुन हुँदैन
बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ ,माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम मानिन्छ। बिहिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहिबारको दिन ठूला-ठूला कपडा धुँदा अशुभ हुने मान्यता रहेको छ।
फोहोर हटाउने काम नगर्नु नै उत्तम
बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । हिन्दु शास्त्र अनुसार बिहिबारको दिन घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।