लकडाउनमा स्थगित परीक्षा सञ्चालन सम्बन्धि त्रिविको अत्यन्तै जरुरी सुचना (अपडेट)

काठमाडौं । कोरोना महामारी फैलिएसँगै नेपाल चैत्र ११ गतेदेखी लकडाउनको अवस्थामा गएको थियो भने यससँगै विभिन्न तहका सबै परिक्षाहरु पनि स्थगित भएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै सरकारले सबै परिक्षा संचालन गर्न अनुमती पनि दिइसकेको छ । यस्तैमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्ता भित्रमा गरिसक्ने भएको छ । बन्दाबन्दी खुलेसँगै उपत्यका बाहिर रहेका विद्यार्थीले काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभएको छ । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि उनीहरु १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अनि त्यसपछि मात्र हामी सबैभन्दा कम विद्यार्थीबाट सेमेष्टरको परीक्षा सुरु गर्ने तयारी गरेको छाैँ ।”

त्रिविले सबै परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारी गरिरहेको छ भने यसका साथै यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा नै परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *