बुधबार श्रीकृष्णको अवतार विथालदेवलाई पूजा गरेर लिनुहोस् यी लाभ ।

काठमाडौं । हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। ज्योतिष शास्त्र अनुसार बुध ग्रहको नामबाट बुधबार को नामाकरण गरिएको हो। धार्मिक शास्त्र अनुसार बुधबारलाई गणेश भगवानको आराधना गर्नको लागि धेरै शुभ दिन मान्ने गरिन्छ।
भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । यस दिन विशेष गरी भने विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको गर्नको लागि बुधबार अति नै शुभ दिन मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। साथै नयाँ घरमा प्रवेश गर्न या नयाँ घरमा सर्नको लागि पनि बुधबार अति उत्तम दिन मानिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
धर्मशास्त्रका अनुसार बुधबारको दिन केहि कार्य गर्नाले निकै फलिफाप पुर्याउने मान्यात रहेको छ । ती कार्य के हुन् त?
बुधबारका दिन के गर्ने ?
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुने मानिन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ उनीहरुले विशेषगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी/देवताको कृपा हुने गर्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।