बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै सबैको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ ।

सन् २०१० सालमा नेपालले सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए भने सन् २०१८ मा गरिएको एक गणनाका अनुसार नेपालमा बाघको संख्या २ सय ३५ रहेको पाइएको छ । अहिले नेपाल आफुले राखेको लक्ष्य नजिक पुगेको छ र यदि नेपालले लक्ष्य पूरा गरेको खण्डमा नेपाल बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्नेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विश्व बाघ दिवसका अवसरमा आज राष्टपति भण्डारीले शुभकामना सन्देशमार्फत बाघ लगायतका लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले गर्दा बाघ दिवसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *