कपडाभित्रको दृश्य समेत खिच्नसक्ने यस्तो क्यामरा भएको मोबाईल

काठमाण्डौ । स्मार्टफोन कम्पनी वन प्लसले केहि समय अघि मात्रै आफ्नो फ्लागसिप स्मार्टफोन वनप्लस ८ प्रो लञ्च गरेको थियो । उक्त स्मार्टफोन लन्च भएको केहि समयमै विवादित बन्यो । उक्त फोनको क्यामरा फिचरका कारण विवादित बनेको हो भने उक्त फिचरमा अहिले प्रतिबन्ध लगाइएको छ । वन प्लसको क्यामरामा रहेको फोटो क्रोम सेन्सर फिचर विवादमा परेपछि त्यसमाथी अहिले प्रतिबन्ध लगाइएको हो ।
उक्त क्यामरा निकै नै रोचक किसिमको थियो जसले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको भित्री फोटो समेत प्रष्ट रुपमा खिच्न सक्दथ्यो । उक्त क्यामेराले जिउमा लगाएको कपडालाई उछिनेर भित्त्री दृश्यको समेत प्रष्ट रुपमा तस्बिर लिन सक्ने बताइएको थियो । उक्त ए* क्सरे भिजन रहेको स्मार्टफोन क्यामरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा गहिरो चिन्ता व्यक्त गरेका थिए । यस प्रकारको क्यामेराले समाजमा अनेक किसिमको विकृती फैलाउने भन्दै सबैले चिन्ता व्यक्त गरेका थिए भने यसको विरोध पनि गरेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
निकै विवादित बनेपछि अहिले भने उक्त क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको हो । वन प्लसले अहिले नयाँ डिभाइसका लागि एक नयाँ किसिमको सफ्टवेयर अपडेट जारी गरेको छ । उक्त नयाँ अपडेट आएसँगै फोनको क्यामराले अब भने कपडा भित्रको दृश्य खिच्न सक्ने छैन ।