शाही र कार्कीको बढुवा, आज एआईजीको फुली लगाउँदै

काठमाडौं । निरजबहादुर शाही र प्रधुम्न कार्कीको बढुवा भएको छ । उनीहरुको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएको भने बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले आज बुधवार दज्र्यानी चिन्ह लगाउँदै छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाही र कार्किलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले  जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बढुवा भएका कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पदस्थापन गरिएको छ भने शाहीलाई मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *