अमेरिकाको डमी युद्धपोतलाई इरानले मिसाइलले उडाएपछि..

काठमाण्डौ । मिसाइल अभ्यासको सिलसिलामा इरानले अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ । यो रणनीतिक रुपमा अत्यधिक महत्वपूर्ण मानिने स्ट्रेट अफ होरमूजमा गरिएको हो भने यसले फासरको खाडीलाई ओमानको खाडीसँग जोड्छ । यो अभ्यासमा निकै ठूलो आगोको लप्का उठेको कारण अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट मोडमा राखेको छ ।
यद्यपि, अमेरिकी नौसेनाले इरानको यस अभ्यासलाई गैर जिम्मेवारी तथा लापरवाहीयुक्त रहेको बताएको छ । इरानको तर्फबाट यो उक्साउने तथा कारवाही गर्नका लागि बाध्य पार्ने कदम रहेको अमेरिकी नौसेनाले बताएको छ । खाडी क्षेत्रमा तेहरान र वासिङ्टनबीच लगातार तनाव बढिरहेको बेलामा यस्तो अभ्यास गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
इरानको सरकारी टेलिभिजनका अनुसार भने यस अभ्यासको नाम पेगम्बर मोहम्मद १४ औं राखिएको थियो । अमेरिकी सेनाका अनुसार उक्त अभ्यासमा ब्यालिस्टिक मिसाइलमार्फत् फायरिङ गरिवको थियो जसका कारण संयुक्त अरब इमिरेट्स र कतारमा अमेरिकी युनिटलाई पनि अलर्ट जारी गरिएको छ ।